प्रशासकीय अधिकृतसहित एनजीओ सञ्चालकहरूविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । रौतहतको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगरसभाबाट बजेट स्वीकृत नगराई गैरसरकारी संस्था (एनजीओ)का नाममा चेक काटी उनीहरूले ९ लाख ९८ हजार रुपियाँभन्दा बढी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्ति तथा संस्थामा कटहरिया नगरपालिकाका तत्कालीन सहायक लेखापाल विवेककुमार सहनी, तत्कालीन सहायकस्तर पाँचौँ रामनरेशप्रसाद यादव, तत्कालीन सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, तत्कालीन खरिदार कौशलकिशोर चौधरी, तत्कालीन खरिदार छोटेलाल मिश्र, सरिता फाउन्डेसन र सरिता फाउन्डेसनका निर्देशक सरिताकुमारी साह छन् ।
आर्थिक वर्ष २०७७÷७८ को नगरसभाबाट बजेट स्वीकृत नगराई सरिता फाउन्डेसनका नाममा पाँच लाखको चेक काटी मिलेमतोमा रकम हिनामिना गरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
उनीहरूले मिलेमतोमा ९ लाख ९८ हजार ९२१ रुपियाँ भ्रष्टाचार गरेको पाइएको अख्तियाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । मुद्दामा उनीहरूसँग जनही ९ लाख ९८ हजार ९२१ रुपियाँ बिगो मागदाबी गरिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया