जेनजीको मागमा एउटा तत्व खेल्यो, व्यवस्था मास्न खोज्नेहरूले व्यक्ति र राज्यको सम्पत्ति जलाए : मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्ति र राज्यको सम्पत्ति जलाउने उद्देश्य जेनजी पुस्ताको नरहेको बताएका छन् ।
शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १९ र मनहरी गाउँपालिका वडा नं. ३ जोड्ने राप्ती नदीमाथिको पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले भने, ‘अस्थिरतार, भ्रष्टाचार बढ्यो की भनेर नयाँ पुस्ताले सुशासनको माग गर्दै सामाजिक सञ्जालमा प्रतिबन्ध नलगाइयोस् भनेर लोकतन्त्रमा माग राख्नु दुर्भाग्यपूर्ण भएको छ ।’
उनले भने, ‘लोकतन्त्रमा सामाजिक सञ्जाल बन्द गर्नु दुर्भाग्य भएको छ । त्यो कारणले अकल्पनीय ठूलो मुलुकमो सोँच्दै नसोँचेको प्राकृतिक प्रकोप जस्तै अप्राकृतिक प्रकोप आयो । कल्पना नै नसक्ने, व्यवस्थामाथि नै एउटा आक्रमण हो की जस्तो भएको छ ।’
‘जेनजी पुस्ताले राखेको कुरा सुशासनको माग थियो । भ्रष्टाचारको अन्त्य थियो,’ मुख्यमन्त्री बानियाँले भने, ‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने थियो ।’
उनले भने, ‘व्यक्तिको सम्पत्तिमाथि आक्रमण, ठूला उद्योगपति, ठूला व्यापारी, भाटभटेनी जस्ताको व्यापार जलाएर चोरी गर्ने, राज्यको सम्पत्ति तोडफोड गर्ने कुरा जेनजीको थिएन । युवा पुस्ताले राखेको मागमा एउटा तत्वले खेल्यो । गलत सोँच भएका कसैले गरी खाएको देख्न नचाहने यो व्यवस्था मास्न खोज्नेहरू व्यक्ति, राज्यको सम्पत्तिमाथि तोडफोड गर्ने कार्य भयो । व्यवसायीलाई त्रास र भय उत्पन्न गर्ने कार्य भयो ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया