कान्तिपथमा स्कुटरलाई कारले ठक्क दियो, ओखलढुङ्गाका खड्काको मृत्यु
काठमाडौं । कारको ठक्करबाट काठमाडौंको कान्तिपथमा स्कुटर चालक ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको छ ।
बुधबार राति कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका–९ घर भएका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जारी गरेका बुलेटिनमा उल्लेख छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Thursday, 2025 November 27, 1:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया