मकालु बेस क्याम्पमा मृत्यु भएका अरुण कार्कीको शवको उद्धार
मेलुङ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले मकालु बेस क्याम्पमा मृत्यु भएका ४३ वर्षीय अरुण कार्कीको शवलाई उद्धार गरेको छ ।
मकालु बेस क्याम्प घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ घर भएका कार्कीको २०८२ मंसिर १ गते मकालु बेस क्याम्प नजिकै पुगेपछि स्वास्थ्यमा समस्या आई मृत्यु भएको प्रहरीद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्कीको मृत्यु भएको सूचना प्राप्त हुनेवित्तिकै जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट खटिएको प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोलीले मंसिर ३ गते हेली एभरेष्टको हेलिकप्टरद्वारा उद्दार गरी पोष्ट मार्टमको लागि केएमसी अस्पताल, दुवाकोट, भक्तपुर पठाइएको छ ।
Published : Wednesday, 2025 November 19, 5:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया