अभिनेत्री मनीषाद्वारा कांग्रेस नेता डा.कोइरालासँग भेट
काठमाडौं । दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै आएकी अभिनेत्री मनीषा कोइरालाले नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालासँग भेट गरेकी छिन् ।
बुधबार बिहान काठमाडौंको महाराजगञ्जस्थित डा.कोइरालाको निवासमा मनीषा पुगेकी थिइन् । उनीहरूका बीच पारिवारिक कुराकानी भएको बुझिएको छ ।
डा.कोइराला र अभिनेत्री मनीषाबीच काकाभतिजीको सम्बन्ध रहेको छ । डा.कोइरालाको टोखास्थित निवासलाई जेनजी आन्दोलनकारीले जलाएर क्षति गरेका छन् ।
अभिनेत्री मनीषा कोइरालाले राजावादीहरूको आन्दोलनमा सक्रिय समर्थन र साथ दिँदै आएकी छिन् । मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईंले तिहारपछि आन्दोलन गर्ने घोषणा गरिसकेका छन् ।
Published : Wednesday, 2025 September 24, 12:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया