उपसभापति खड्काद्वारा सभापति देउवा र डा.राणामाथि भएको बर्बतापूर्ण भौतिक आक्रमणको निन्दा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि भएको बर्बतापूर्ण भौतिक आक्रमणको निन्दना एवं भर्त्सना गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गरेर उपसभापति खड्काले भने, ‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणामाथिको अमानवीय र बर्बतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ ।’
उपसभापति खड्काले सभापति देउवा र केन्द्रीय सदस्य डा.राणा उपचारको क्रममा रहेको भन्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
जेनजीको आन्दोलनको नाममा भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा बसिरहेका सभापति देउवा र डा.राणाको ज्यान लिने उद्देश्यका साथ हिंसात्कम आक्रमण भएको थियो । आक्रमणबाट सभापति देउवा र नेतृ डा.राणा गम्भीर घाइते भएका छन् ।
जेनजीको आन्दोलनका क्रममा पार्टीका नेता, कार्यकर्ताहरूमाथि भएको भौतिक आक्रमणको पनि उपसभापति खड्काले निन्दा गरेका छन् ।
‘पार्टीका अग्रजहरू, नेताहरू, पार्टीका साथीहरू तथा अन्य राजनीतिक दलका नेताहरूमाथि भएको भौतिक आक्रमण निन्दनीय र भर्त्सना योग्य छ’, खड्काले भने, ‘उहाँहरू लगायत आन्दोलनका क्रममा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया