तरुण नेताहरूद्वारा सडकमा प्रदर्शन, संविधानभित्र रहेर निकास खोज्न आग्रह
काठमाडौं । नेपाल तरुण दलका नेता, कार्यकर्ताहरूले संविधानको रक्षाको माग गरेर प्रदर्शन गरेका छन् ।
बिहीबार काठमाडौंमा तरुण दलका नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले संविधानको रक्षा गर्नुपर्ने नाराबाजी गरेका छन् ।
संविधानमा टेकेर राजनीतिक निकास निकाल्न पनि उनीहरूले माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गरेर सम्वाद थाल्न तथा जंगी अड्डाबाट निकास खोज्न नहुने माग तरुणहरूको छ ।
प्रदर्शनमा नेपाल तरुण दलकी केन्द्रीय सदस्य मुना भुसालसहितका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2025 September 11, 3:40 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया