कांग्रेस सभापति देउवा र नेतृ डा.राणामाथि सांघातिक आक्रमण, अमानवीय क्रुर घटना
काठमाडौं । प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण गरेका छन् ।
मंगलबार बुढानिलकण्ठस्थित निवासमा परिवारका साथ बसेका सभापति देउवालाई उत्तेजित समूहले जेनजीको नाममा आक्रमण गरेर गम्भीर घाइते बनाएका हुन् । सभापति देउवालाई आक्रमणबाट चोटपटक लागेको छ ।
घाइते अवस्थामा सभापति देउवालाई केही युवाहरूले उद्धार गरेका छन् । सँगै रहेकी कांग्रेस नेतृ डा.आरजु राणालाई पनि आन्दोलनकारीले सांघातिक आक्रमण गरेका हुन् ।
प्रदर्शनकारीद्वारा सभापति देउवाको निवासलाई तोडफोड गर्नुका साथै आगजनी भएको छ । घर पूर्णरुपमा क्षति पुगेको छ । घरमा रहेका सरसमानहरू आन्दोलनकारीले लुटेर लगेका छन् ।
सुरक्षाकर्मीले सुरक्षा दिन नसकेपछि प्रदर्शनकारीबाट देउवा दम्पत्तिलाई आक्रमण भएको थियो । प्रधानमन्त्री केपी ओली, मन्त्रीहरू लगायतलाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षितस्थलमा लगेको थियो ।
तर, सभापति देउवा र नेतृ डा.राणा निवास छाडेर नजाने भनेर निवासमै बसेका थिए । देउवा दम्पत्तिले बरु मर्न तयार रहेको तर, निवास छाडेर नजाने अडान लिएको आफन्तले जनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया