मनाङको उपनिर्वानका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले मनाङ जिल्लामा हुन लागेको प्रदेशसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मनाङको प्रदेशसभामा हुन लागेको उपनिर्वाचनका लागि दर्ता गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
मनाङमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयका साथै मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दल दर्ताका लागि जिम्मेवारी दिइएको प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
मनाङ जिल्लामा आगामी कात्तिक १७ गते प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (२) मा उपनिर्वाचन हुन लागेको छ । सो निर्वाचन क्षेत्रबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपक गुरुङ (दीपक मनाङे)को सदस्य पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन हुन लागेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया