सामाजिक सञ्जाल बन्द गर्ने सरकारले कुनै निर्णय गरेको छैन : सभापति देउवा
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारले कुनै निर्णय नगरेको बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सामाजिक सञ्जाल बन्द हुने हल्ला भ्रामक भएको बताए ।
सरकार र अदालत दुवैले सामाजिक सञ्जाल बन्द होइन, दर्ता अनिवार्य गर्ने कुरा मात्र उठाएका सभापति देउवाले बताएका छन् ।
‘सामाजिक सञ्जाल बन्द गर भन्ने कुरा छैन,’ देउवाले भने, ‘दर्ता गर भनिएको हो । अदालतले पनि त्यही भनेको छ ।’
देउवाले सामाजिक सञ्जाल बन्द हुने भ्रममा नपर्न जनतालाई आग्रह समेत गरेका छन् ।
सभापति देउवाले संविधान संशोधन र सरकार पुनर्गठनबारे पनि धारणा राख्दै सर्वदलीय सहमतिबिना संविधान संशोधन सम्भव नहुने र मन्त्रिपरिषद् पुनर्गठनको कुरा आफूलाई थाहा नभएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया