नेपाली सेनालाई भारतद्वारा गाडी, घोडा, कुकुरसहितका अत्यावसेक सामग्री हस्तान्तरण
काठमाडौं । मित्रराष्ट्र भारतबाट नेपाली सेनालाई सहयोग स्वरूप प्राप्त भएका लाइट भेहिकल लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको छ ।
सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतका विदेश सचिव विक्रम मिस्रीले ती सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
भारतले लाइट भेहिकल गोटा–६, आठ किसिमका अति आवश्यक मेडिकल सामग्री, व्रिडिङ्ग घोडा गोटा–५ तथा सैनिक डग गोटा–२ हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत, बलाधिकृत, रथीवृन्द तथा भारतीय राजदूतावासका प्रतिनिधि र सैनिक सहचारीको उपस्थिति रहेको थियो ।
यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुत एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमार्फत जनाएको छ ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया