किशुनजीमा जस्तो नैतिकता मुख्यमन्त्री लामाले देखाउन सकेनन्, कुर्सीमा टाँसिएर बस्ने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने दवाव परिरहेको छ ।
बागमती प्रदेश सभाका २१ जना सांसदहरूले नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन मुख्यमन्त्री लामाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । बहुमत सांसदहरू लामालाई संसदीय दलको नेताबाट हटाउने पक्षमा छन् ।
बागमती प्रदेश सभाका सांसद एवम् निवर्तमान युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन बिगतमा संस्थापक नेता कृष्णप्रसाद भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा पदबाट राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको स्मरण गरेका छन् ।
कांग्रेस सांसद महर्जनले भने, ‘२०५६ सालको संसदीय निर्वाचनपछि कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनु भयो । प्रधानमन्त्री हुनु भएको ११ महिनापछि उहाँलाई कांग्रेसकै सांसदहरूले बहुमत सांसद सहित अविश्वास प्रस्ताब दर्ता भयो ।’
‘किशुनजीले नैतिकताको आधारमा राजीनामा दिनु भयो,’ महर्जनले भने, ‘अब मुख्यमन्त्रीले पनि राजीनामा दिएर माग प्रशस्त गर्नु पर्छ ।’
मुख्यमन्त्री लामाले एक वर्षपछि पदबाट राजीनामा दिने पूर्वसहमति भएको थियो । लामाले पूर्वसहमति कार्यान्वयनमा आलटाल गरेर जान खोजेपछि कांग्रेसका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया