नैतिकता नभएका अराजक मुख्यमन्त्री, सहमति कार्यान्वयन गर्ने बेला भागेपछि अविश्वासको प्रस्ताव
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको संसदीय दलको नेता पद धरापमा परेको छ ।
नेपाली कांग्रेसका २१ जना सांसदहरूले हस्ताक्षर गरेर शुक्रबार संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएपछि लामा नैतिक दवावमा परेका छन् । लामाले की संसदीय दलको नेता पदबाट राजीनामा दिनुपर्छ वा निर्वाचन फेस गर्नुपर्छ । लामालाई सबैभन्दा उपयुक्त बाटो मुख्यमन्त्री पद र संसदीय दलको नेता पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट निकै कमजोर झुर ल्याएका कारण मुख्यमन्त्री लामा आलोचित हुँदै आएका छन् । बजेट पास नहुने अवस्था आएको थियो । पुरक बजेट ल्याउने सहमति गरेर पास भएको थियो ।
लामा बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनेपछि नेपाली कांग्रेस निकै कमजोर अवस्थाबाट गुज्रिरहेको छ । कांग्रेसको संगठन भताभुङ्ग भएका छन् ।
नैतिकताका कारण लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्नेमा राजीनामा दिएका मन्त्रीहरूलाई पदमुक्त गरेको नौटंकी गरेर मुख्यमन्त्री पद र संसदीय दलको नेता पद बचाउन हास्यास्पद हर्कत गरेका छन् । कांग्रेसको नेतृत्वद्वारा लामालाई पूर्वसहमतिअनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिन निर्देशन भएको थियो । लामाले राजीनामा दिनुको साटो लुकेर हिँडेका थिए । नेताहरूको फोन पनि नउठाउने, सम्पर्कमा पनि नजाने कार्य गरेका थिए ।
मुख्यमन्त्री पदबाट राजीनामा दिएर पूर्वसहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा लामाले धोका दिएका थिए । एक वर्ष अगाडि लामा मुख्यमन्त्री पदको शपथ लिँदा बागमती प्रदेश कार्यसमितिका सभापति समेत रहेका सांसद ईन्द्रबहादुर बानियाँसँग १/१ वर्ष मुख्यमन्त्री बन्ने सहमति भएको थियो । सहमति कार्यान्वयन गर्ने बेला लामा भोगेर हिँडेपछि शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकट नपाउने अवस्था भएपछि लामा एमालेमा प्रवेश गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न खोजेका थिए । अर्जुन नरसिंह केसी र गगन थापाले टिकट दिएपछि प्रदेशतर्फ उम्मेदवार बनेका थिए । लामालाई अहिले पनि गगन थापा समूहले संरक्षण गर्दै आएको छ । लामा निकै अवसरवादी नेताका रुपमा कांग्रेसभित्र परिचित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया