रुपन्देहीको उपनिर्वाचनबारे बिफ्रिङ, एमालेका सांसदहरूको भूमिकाबारे गम्भीर छलफल

काठमाडौं । नेपाली कांग्रेसले निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको प्रावधान हटाउन एमालेका सांसदहरूले राखेको संशोधन प्रस्तावका विषयमा छलफल गरेको छ ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड हटाउन एमाले सांसदहरूले राखेको संशोधन प्रस्ताव आपत्तिजनक भएको निष्कर्ष निकालेको छ । कांग्रेसले यस विषयमा ठोस निर्णय भने गरेको छैन ।

कांग्रेसले रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका विषयमा छलफल गरेको छ ।

बैठकमा उपनिर्वाचनबारे छलफल गर्न भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई समेत बोलाएका थिए । देउवाले उपनिर्वाचनका विषयमा उनीहरूसँग बिफ्रिङ लिएका छन् ।

२०७९ सालमा भएको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ मा तत्कालीन गठबन्धनको उम्मेदवार बन्दै पराजित भएका कांग्रेस नेता बालकृष्ण खाण पनि सहभागी रहेका थिए ।

कांग्रेसको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरू बाहेक मन्त्रीहरूलाई पनि बोलाइएको थियो ।

बैठकमा सरकारका काम र संसदमा कांग्रेसको भूमिकाबारे पनि छलफल भएको बताइएको छ ।

Published : Friday, 2025 July 25, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया