बागमतीमा कांग्रेसका ४ मन्त्रीद्वारा राजीनामा, निकम्मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

हेटौंडा । बागमती प्रदेशका नेपाली कांग्रेसका चार जना मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले चार जना मन्त्रीहरूले राजीनामा दिएको बताए ।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । ड्राफ्ट तयार गरेर प्रस्ताव दर्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री लामालाई राजीनामा दिन कांग्रेसले निर्देशन दिइसकेको छ । राजीनामा नदिएर लामा फरार छन् । लामा लुकेर हिँड्दै गरेका बेला मन्त्रीहरूले राजीनामा दिएर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

Published : Friday, 2025 July 25, 3:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया