संवैधानिक परिषद विधेयक फिर्ता भएको अर्को दिन राष्ट्रपति र सभामुखबीच भेट
काठमाडौं । संवैधानिक परिषदको विधेयक फिर्ता भएका अर्को दिन राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् ।
शीतल निवासमा शुक्रबार बिहान राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेले भेट गरेर संवैधानिक परिषदको विधेयक फिर्ता भएको विषयमा कुराकानी भएको बुझिएको छ ।
संवैधानिक परिषद् काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि राष्ट्रपति पौडेलले फिर्ता गरेकोप्रति सभामुख घिमिरेले चासो राखेको बुझिएको छ ।
राष्ट्रपति पौडेलले विहीबार संविधानको मर्म विपरीत परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै विधेयक फिर्ता गरेका थिए । लगक्तै शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेर त्यसप्रति चासो व्यक्त गरेको स्रोतले जनाएको छ ।
भेटमा सभामुख घिमिरेले जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ अर्थात् साउन ११ गते जेनेभा जाने कार्यक्रम छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया