सभापति देउवासँग शीर्ष नेताहरूद्वारा भेट, गठबन्धनलाई बलियो बनाउन साथ दिने प्रतिवद्धता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका शीर्ष नेताहरूले भेट गरेका छन् ।
मंगलबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग पूर्वपदाधिकारीहरू र वर्तमान पदाधिकारीले भेट गरेका हुन् । संस्थापन निकटका मानिने शीर्ष नेताहरूले सभापति देउवालाई कांग्रेस र एमालेबीच बनेको स्थिर सरकारको गठबन्धनलाई बचाइ राख्न सुझाव दिएका छन् । उनीहरूले देउवासँग वर्तमान गठबन्धनको सरकारको पक्षमा आफूहरू रहेको भन्दै हल्लाको पछाडि नलाग्न आग्रह गरेका हुन् ।
चाक्सीबारी बैठकले नेपाली कांग्रेस र एमालेबीच १७ असार २०८१ मा भएको सातबुँदे सहमतिअनुसार सरकारको कामकारबाही हुनुपर्ने निष्कर्ष निकालेको थियो । अहिलेको कांग्रेस र एमालेको गठबन्धनको सरकारको विकल्प आवश्यक नरहेको पनि निष्कर्ष निकालेको थियो ।
सभापति देउवासँग उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता डा. प्रकाशशरण महत रहेका छन् ।
भेटवार्ताका क्रममा उनीहरूले सातबुँदे सहमतिमा उल्लेख भएका संविधान संशोधनलगायतका एजेन्डा प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने, गठबन्धनको मर्मअनुसार सरकारको नीति र कामकारबाही तय गर्नुपर्ने धारणा राखेका छन् ।
संविधान संशोधन, संघीयताको कार्यान्वयन, समावेशिता तथा गठबन्धनको दीर्घकालीन नीति निर्धारणबारे पार्टीभित्र गम्भीर छलफल आवश्यक भएको भन्दै नेताहरू सक्रिय भएका छन् ।
चाक्सीबारीमा उनीहरूले पार्टीका नेता शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेतृ विद्या भण्डारीलाई भेटेको विषयमा पनि छलफल गरेका थिए । शीर्ष नेताहरूले शेखर कोइरालाको गतिविधिप्रति आशंका गरेका छन् ।
भेटमा पूर्वपदाधिकारीहरूले महत्वपूर्ण र रणनीतिक निर्णय गर्दा आफूहरूसँग पनि सल्लाह लिन आग्रह गरिएको र यसमा सभापति देउवाको सकरात्मक प्रतिक्रिया आएको नेता पूर्वउपसभापति गोपालमान श्रेष्ठले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया