जेलभित्र बसेर रविले अबैध चन्दा आतंक चलाउँदै, प्रहरी प्रशासन मौन

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अबैध चन्दा आतंक मच्चाएका छन् ।

लामिछाने जेलमा छन् । जेलभित्र बसेर समेत सभापति लामिछानले कार्यबाहक सभापति डोलप्रसाद अर्याल लगायतका नेताहरूमार्फत अबैध चन्दा सकंलनमा खटाएका छन् । रास्वपाका नेता कार्यकर्ताहरू आर्थिक सहयोगको ठेलीहरू बोकेर गाउँगाउँमा अबैध चन्दा संकलनमा खटिएका छन् ।

लामिछानेको पार्टीले सहयोग रसिद थमाएर धमाधम चन्दा संकलन गरिरहेको छ । अबैध चन्दा उठाउने कार्य कानून विपरितको कार्य हो । रास्वपाले अहिलेसम्म लाखौँ रुपियाँ अबैध चन्दा संकलन गरेको छ । एक हप्ता अगाडि रास्वपाले ४४ लाख आर्थिक सहयोगका नाममा चन्दा संकलन गरेको जनाएको थियो ।

रास्वपाले अबैध रुपमा चन्दा उठाउँदा समेत प्रहरी र गृह प्रशासन मौन बसेको छ । रास्वपाको अबैध गतिविधिका विषयमा प्रहरी प्रशासनले मौन समर्थन गरेको हो की भनेर प्रश्न समेत उठेको छ ।

जेलभित्रबाट समेत आर्थिक सहयोगका नाममा रास्वपाका सभापति लामिछानेले अबैध चन्दा संकलन गरेर ठगी गरिरहेको आरोप लागेको छ । अबैध रुपमा संकलन गरिरहेको चन्दालाई सहकारी ठगका अभियुक्त लामिछानेका लागि बचाउमा खर्च हुने नेताहरूले बताएका छन् ।

रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान समेत चलाएको छ । न्यायालयमा बिचाराधीन मुद्दालाई प्रभावमा पार्ने उद्देश्यले रास्वपाले हस्ताक्षर अभियान चलाएको भनेर आलोचना समेत भइरहेको छ ।

Published : Tuesday, 2025 July 22, 10:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया