च्यासलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन, विद्यादेवी पुग्दा ओझेलमा ओली, सोफा फरक
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको पार्टी कार्यालय, च्यासल, ललितपुरमा पुगेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली ओझेलमा परेका छन् ।
आइतबार सुरक्षाकर्मीहरूको लावालस्करसहित पार्टी कार्यालय पुगेकी भण्डारीलाई एमाले नेता तथा कार्यकर्ताहरू भव्य स्वागत गरेका छन् । भण्डारी ३ बजे एमालेको पार्टी कार्यालयमा पुगेकी थिइन् । एमालेको पार्टी कार्यालय वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
एमालेको पार्टी कार्यालय, च्यासल भएर हिँड्ने सवारी साधन र यात्रुलाई सुरक्षाकर्मीले छिटो जान भनेर हप्काउने गरेका थिए ।
ओली र भण्डारीबीच केही समय कुराकानी पनि भएको छ । कुराकानी के विषयमा भयो केही भनिएको छैन । तर, पूर्वराष्ट्रपति भण्डारीले सामसामयिक विषयमा कुराकानी भएको पत्रकारहरूसँग बताएकी छिन् ।
भण्डारीसँग पत्रकारहरूले धेरै जिज्ञासाहरू राख्न खोजेका थिए । पत्रकारहरूलाई देखेपछि भण्डारीले पनि उभिएर कुरा गर्न खोजेकी थिइन् । सुरक्षाकर्मीहरूले पत्रकारहरूलाई धकेलेर कुरा गर्न अवरोध गरिरहेका थिए । भण्डारीतिर सबै पत्रकारहरू केन्द्रित भएका थिए । अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीतिर पत्रकारहरू गएका थिएनन् ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् ।
ओली र भण्डारीबीच भएको सम्वादका क्रममा ओलीलाई एक जना मात्रै बस्न मिल्ने सोफाको व्यवस्था थियो भने भण्डारीका लागि दुई जना अट्ने सोफाको व्यवस्थत गरिएको थियो । ओली र भण्डारीका लागि बस्ने सोफा फरक फरकका थिए ।
भण्डारीले भनिन्, ‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो । मैले पहिल्यै नवीकरण गरेको छु । बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’




बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया