प्रधानमन्त्री ओलीद्वारा सभापति देउवा र अध्यक्ष यादवसँग आकस्मिक परामर्श
काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
सोमबार राति प्रधानमन्त्री ओलीले बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका हुन् । छलफलमा संसद र सरकारको कामकारबाही लगायतका विषयमा छलफल भएको छ । संसदमा बिचाराधीन विधेयकहरूलाई छिटोछरितो रुपमा अगाडि बढाउने विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति देउवा, जसपा नेपालका अध्यक्ष यादव, एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपा नेपालका नेता राजकिशोर यादवको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया