संगठित अपराध र सहकारी ठगका अभियुक्त रविका लागि हस्ताक्षर गर्न चन्दा आतंक, ४४ लाख उठ्यो
काठमाडौं । सहकारी ठग, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाउन ४४ लाख रुपियाँ चन्दा उठाएका छन् ।
यसअघि, एकदिन अगाडि आइतबार रास्वपाका प्रवक्ता मनीष झाले १५ लाख हस्ताक्षर संकलन भएको बताए । रास्वपाले हस्ताक्षर चलाउने बहानामा ३७ लाख रकम चन्दा उठाएको प्रवक्ता झाले स्वीकार गरेका थिए ।
सोमबार फेसबुकबाट लाईभ गरेर लामिछानेका सहयोगी प्रमोद न्यौपानेले २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको बताए । न्यौपानेले सोमबारसम्म चन्दास्वरूप ४४ लाख रुपियाँ उठाएको बताए । न्यौपानेले आफूहरूले चन्दा लिएको विषयलाई विवादको विषय बनाउन खोजिएको बताए । रास्वपाले अबैधानिक रुपमा चन्दा उठाएर चन्दा आतंक मच्चाएको आरोप लागेका बेला ४४ लाख चन्दा उठाएको जनाइएको छ ।
लामिछाने अहिले रुपन्देहीको भैरहवामा रहेको कारागारमा थुनामा छन् । लामिछाने कारागारमा रहनुलाई रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउन रास्वपाले हस्ताक्षर अभियान चलाएको छ । हस्ताक्षरसँग सँगै चन्दा अभियान र आतंक पनि चलाएको छ । असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर हस्ताक्षर अभियानको घोषणा गरिएको थियो । रास्वपाले असार ९ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया