अभियुक्त रविको रिहाईको बहानामा गरिएको हस्ताक्षर र चन्दा आतंक रोक्न चितवन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस, चितवनले सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियान चन्दा संकलन प्रयोजनका लागि भएको जनाएको छ ।
आइतबार चितवन कांग्रेस सभापति राजेश्वर खनालले विज्ञप्ति जारी गरेर आर्थिक अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका व्यक्तिसंग सम्बन्धित रहेर पुनः चन्दा संकलन अभियान सञ्चालन गर्ने कार्यले शंका उत्पन्न भएको बताएका छन् ।
खनालले अनाधिकृत रुपले चन्दा संकलन गरिएको बताएका छन् । चितवन कांग्रेसले अबैधानिक हर्कत गर्ने रास्वपालाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेको छ ।
रास्वपा सभापति लामिछानेको रिहाईको बहानामा हस्ताक्षर र चन्दा संकलन अभियान चलाइएको चितवन कांग्रेसले जनाएको छ ।
सर्वसाधारण जनतालाई दवाब र प्रभावमा पारी सञ्चालन रास्वपाले यो क्रियाकलाप गरेको कांग्रेस चितवनका सभापति खनालाको दाबी छ ।
अदालत र सम्बद्ध पक्षको अनुसन्धान कार्यमा प्रभाव नपार्न यो अभियान रोक्न सभापति खनालले माग गरेका छन् ।

बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया