रामहरि खतिवडाले होटलको बिल नतिरेको भनेर भ्राम फैलाएपछि जाजरकोट कांग्रेसद्वारा खण्डन

काठमाडौं । नेपाली कांग्रेस, जाजरकोटले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहितका समितिका सदस्यहरू बास बसेको होटलको बिल भुक्तानी भइसकेको जनाएको छ ।
आइतबार जाजरकोट कांग्रेसका कार्यबाहक सभापति खड्कबहादुर बुढाले विज्ञप्ति जारी गरेर सभापति खतिवडा र सदस्यहरूले होटलमा बास बसेको बिल तिर्न खोज्दा जाजरकोट कांग्रेसका जिम्मेवार नेताहरूले भुक्तानी गर्ने भनेर बिल तिर्न नदिएको बताए ।
तत्कालीन समयमा भुक्तानी हुन नसकेको रकम नेपाली कांग्रेस जाजरकोटले भुक्तानी गरेको कार्यबाहक सभापति बुढाले बताए ।
‘मिति २०८० कात्तिक १७ गते जाजरकोट जिल्लाको बारेकोट केन्द्रविन्दु बनाई गएको विनासकारी भूकम्प प्रभावित जिल्लामा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाज्यूको नेतृत्वमा रहेको समितिका अन्य सदस्यहरू समेतले मिति २०८० कात्तिक २२ गतेका दिन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक पश्चात सदरमुकामस्थित होटलथकाली भान्सा घर जाजरकोटमा बास बसेको र उक्त होटल सेवाको खर्च वापतको रकम ३४ हजार ७ सय ८० रुपियाँ सभापति रामहरि खतिवडाले भुक्तानी गर्न खोज्दा जाजरकोट जिल्लाका केही जिम्मेवार नेताले भुक्तानी गर्छु भनि जिम्मा लिएको कुरा यथार्थ हो । भुक्तान हुन नसकेको उक्त रकम नेपाली कांग्रेस जाजरकोटले भुक्तानी समेत गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘केही सामाजिक सञ्जाल तथा मिडियाहरूमा मा.रामहरि खतिवडाज्यूले भात खाएको पैसा नतिरेर भागेको भनि भ्राम फैलाएकोप्रति सिंगो नेपाली कांग्रेस जाजरकोट खेद प्रकट गर्दछ,’ कार्यबाहक सभापति बुढाले भने ।
‘सामाजमा गलत भ्रम फैलाएर नकारात्मक सन्देश प्रवाह गरि आफ्नो स्वार्थ सिद्ध गर्न उद्धत झुण्डहरूको बदनीयत र भ्रामक कुप्रचारको विश्वास नगर्न अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
जाजरकोट कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको मानमर्दन र चरित्रहत्या गर्ने उद्धेश्यले जुन प्रकारको कुप्रचार गरिएको छ, नितान्त राजनीतिक प्रतिशोध र आफ्ना कमजोरीहरू ढाकछोप गर्न लगाइएको लाञ्छाना बाहेक अरु केही हुनै सक्दैन । फेरि पनि भ्राममा नपर्नका लागि सबैमा अपील गर्दछौं,’ कार्यबाहक सभापति बुढाले भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले सभापति खतिवडामाथि राजनीतिक प्रतिशोध साँध्न भ्रामक कुराहरू बाहिर ल्याएपछि जाजरकोट कांग्रेसले विरोध गरेको छ ।

बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया