केही पदाधिकारीहरू परिवारवादमा हाबी हुँदा कांग्रेसको संगठन कमजोर

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले संगठन निर्माणमा कमजोरी भएको भन्दै चिन्ता जनाएका छन् ।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने नेताहरूले आफू निकटका नेता, कार्यकर्ताका लागि ध्यान दिएर संगठन बनाउन खोज्दा समस्या भएको बताए । केही पदाधिकारीहरूको व्यक्तिगत स्वार्थ र परिवारवादले गर्दा कांग्रेसको संगठनलाई समस्या बनाएको बताए ।
महामन्त्री गगन थापाको नाम नलिएर केही केन्द्रीय सदस्यहरूले परिवारवादमा हाबी भएका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणमा समस्या भएको बताए ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार १६ देखि शुरू भएको हो । आइतबार बैठक सम्पन्न गर्ने तयारी भए पनि उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाको प्रतिवेदनमा बोल्ने क्रम नसकिएपछि सोमबार पुनः बैठक बस्नेछ ।
बैठकमा सह–महामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठले धारणा राखेका छन् ।
केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रवक्ता डा.प्रकाशशरण महत, बलबहादुर के.सी., डा. मीनेन्द्र रिजाल, एन.पी. साउद, आनन्दप्रसाद ढुंगाना, डा.चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शंकर भण्डारी, ध्रुब वाग्ले, मधु आचार्य, प्रकाश रसाइली, नानु वास्तोला, भीम पराजुली, रुक्मिणी कोइराला र आमन्त्रित रुपमा बैठकमा सहभागी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले आ–आफ्नो धारणा राखेका छन् ।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको विज्ञप्तिमा उल्लेख छ । कार्यसमितिको बैठक असार २३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया