सभापति देउवालाई सुदूरपश्चिम सरकारको पछिल्लो अवस्थाबारे बिफ्रिङ, बिचलित नभई काम गर्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भेट गरेका छन् ।
शनिबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग मुख्यमन्त्री शाहले भेट गरेर सुदूरपश्चिम सरकारको कामकारबाही र पछिल्लो राजनीतिक अवस्थाका विषयमा जानकारी गराएका हुन् । सभापति देउवाले मुख्यमन्त्री शाहलाई आफ्नो योजना, उदेश्य र रणनीतिअनुसार जनताको सेवालाई केन्द्रमा कार्यसमदन गर्न निर्देशन दिएका छन् । सभापति देउवाले राजनीतिक उचार चढाव आउने भन्दै परिस्थितिको मूल्यांकन गरेर अगाडि बढ्न सुझाव दिएको बुझिएको छ ।
ठूलो घोटाला काण्डमा मुछिएका नागरिक उन्मुक्ति पार्टीका पर्यटनमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री शाहले सो विषयमा सभापति देउवालाई जानकारी गराएको बुझिएको छ । मन्त्री बर्खास्तमा परेपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर घुर्की लगाएको छ ।
मुख्यमन्त्री शाहले नाउपाबाट पर्यटनमन्त्री बनेका चौधरीलाई यसअघि नै राजीनामा दिन भनेका थिए । चौधरीले राजीनामा नदिएपछि मुख्यमन्त्री शाहले बिहीबार बर्खास्त गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया