कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न सात सदस्यीय समिति गठनको निर्णय

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बनाउने भएका छन् ।

शनिबार बालुवाटारस्थित आफ्नै निवासमा सभामुख घिमिरेले नेपाली कांग्रेस, एमालेसहितका विभिन्न दलका नेताहरूसंग छलफल गरेर ७ सदस्यीय छानबिन समिति बनाउने निर्णय भएकाे एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार समिति ७ सदस्यीय रहनेछ । समितिमा कांग्रेस र एमालेबाट २/२ सदस्य रहनेछन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १/१ जना सदस्य रहनेछन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समेत दुई वर्षको कुलिङ पिरियडलाई निस्तेज पार्ने बुँदा थप गर्ने कार्यकाे विराेध गर्दै छानबिन समितिकाे माग गरेका छन् ।

Published : Saturday, 2025 July 5, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया