नागरिकता त्याग्ने, फेरि लिने विकृति भयो, राजनीतिमा पनि कुलिङ पिरियड राखौं : कांग्रेस नेता भट्टराई

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कर्मचारीतन्त्रमा मात्र नभै अब राजनीतिमा समेत कुलिङ पिरियड आवश्यक रहेको बताएका छन् ।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा भट्टराईले नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएर आम निर्वाचन लड्ने प्रवृत्ति देखिन थालेको बताए । उनले भने, ‘त्यस्ताहरूका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ ।’
भट्टराईले विगतमा यस्तो व्यवस्था नभएको कारण कुनै विदेशी नागरिक पनि देशको उपप्रधानमन्त्री जस्तो गरिमामय र सम्वेदनशील पदमा पुगेको बताए । उनले भने, ‘यो कटु यथार्थलाई मनन गर्दै कुलिङ पिरेड राख्न जरुरी छ ।’
यसो हुन नसकेमा आज विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहँुदै चुनावमा उम्मेदवार बनेर लड्ने कदमले नेपाल राष्ट्र माथि नै खतरा पैदा गर्ने नेता भट्टराईले बताए ।
नेता भट्टराईले पार्टी सभापतिले अब अवकाश लिएर सभापति नहुने भनिसकेको अस्थामा अब महाधिवेशन ०८४ अगाडि हुन्छ कि हुँदैन भन्ने दुबिधामा बस्न जरुरी नभएको बताए ।
‘ढिलोमा ०८३ मंसिरभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यताली तयार गरौँ । म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन पनि चाहान्छु,’ भट्टराईले भने ।
उनले भने, ‘देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपति पनि फेरि सक्रिय राजनीतिमा फर्किरहेको र कतिपय राजनीतिक दलहरूमा एउटै मानिस वर्षौसम्म सभापति भइ रहने अवस्थामा हाम्रो सभापतिज्यूको यो भनाईले हाम्रो पार्टी अरु भन्दा फरक हो भन्ने पजेटिभ सन्देश प्रवाह गरेको छ ।’
बेला बखत देशमा आइ पर्ने राष्ट्रिय संकटको समाधान गर्ने काम पनि कांग्रेस पार्टीले नै गर्ने भन्दै नेता भट्टराईले देशलाई आवश्यक पर्नै सबै नीतिहरू पनि कांग्रेस पार्टीले नै बनाउने बताए ।
पार्टीको भोट पछिल्ला निर्वाचनहरूमा घटिरहेकाले यसको गम्भीर विश्लेषण गरी कार्य योजना तयार पार्न केन्द्रीय सदस्य भट्टराईले नेतृत्वको ध्यानाकर्षण गराए ।
गुटबन्दीले गर्दा सही मानिस ठीक ठाउँमा नसकेको भन्दै भट्टराईले पदको न्यायोचित ढंगबाट वितरण नगरेको कारण रुष्ट कार्यकर्ताको मन जित्न कार्यशैलीमा सुधार गर्छौ भनेर आश्वस्त पार्नुपर्ने बताए ।
नेता भट्टराईले भ्रातृ संस्था सबै विधानअनुसार चल्न नदिइएको गुनासो आएको बताए । विधान अनुसार चलाउन दिएमा विवाद पनि स्वतः कम भएर जाने उनले बताएका छन् ।
नेता भट्टराईले सामाजिक संजाल पनि संगठन निर्माणको राम्रो प्लेटफर्म रहेको भन्दै उनले यसको प्रयोग राम्रोसंग गर्नुपर्ने बताए । उनले प्रशिक्षणका कार्यक्रमहरू वाडा र टोल केन्द्रित गर्न समेत सुझाव दिएका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया