साठी प्रतिशत क्रियाशील सदस्यहरूले नवीकरण गराएपछि कांग्रेसका नेताहरू चिन्तित
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यता नवीकरणमा देखिएको समस्याबारे चिन्ता जनाएका छन् ।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नेताहरूले ६० प्रतिशत क्रियाशील सदस्यहरूले मात्रै सदस्यता नवीकरण गर्ने विषय गम्भीर रहेको बताएका हुन् । उनीहरूले कांग्रेसको संगठन निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।
केन्द्रीय सदस्य सरिता प्रसाईंले ६० प्रतिशत मात्रै क्रियाशील सदस्यहरूले नवीकरण गरेकोमा चिन्ता व्यक्त गरेकी छिन् । प्रसाईंले भनिन्, ‘आज देशभरि नेपाली कांग्रेसको क्रियाशील सदस्यहरू मैले सुन्दै गर्दा ६० प्रतिशतले मात्रै नवीकरण गरेको सुन्न आइरहेको छ । कांग्रेसको संगठानिक स्थिति कहाँ छ यहाँबाट पनि थाहा हुन्छ भन्ने कुरा सबैले बुझ्नु भएको छ ।’
केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका भसापति रामहरि खतिवडाले कांग्रेसका विभागहरू गाउँगाउँमा पुग्न नसकेको बताएका छन् ।
खतिवडाले सभापति शेरबहादुर देउवालाई विभागको कार्यक्रम गरेर गाउँमा जाँदै नजाने प्रवृत्ति हाबी भएको बताए ।
उनले भने, ‘विभाग गठन भएका छन् । विभागको गतिविधिहरू शून्य भएका छन् । विभागमा साथीहरू राख्ने । केन्द्रीय सभापतिलाई थपक्क राखिने । सभापतिलाई राखेर एकदिन ठूलो कार्यक्रम गर्ने जनस्तरमा पुग्दै नपुग्ने । यो पद्धति भएको छ ।’
‘म कुनै जाति वा व्यक्तिलाई भन्न खोजेको होइन । विभागलाई गाउँ र ठाउँमा लैजाने पद्धतिको विकास गर्नुपर्छ,’ केन्द्रीय सदस्य खतिवडाले भने ।
नेता खतिवडाले विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने बताए ।
उनले भने, ‘जनसम्पर्क समितिलाई कांग्रेसले अझै बलियो बनाउनुपर्छ । विदेशमा भएका नेपालीहरूले स्वदेशमा रहेका नेपालीलाई परिचानल गरेर जानुपर्छ ।’
कांग्रेसको कार्यसमितिको असार १६ देखि शुरू भएको हो । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दीपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाईं, अमृत अर्याल, कल्पना चौधरी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव कोइराला, उमेशजंग रायमाझी, अब्दुल सत्तार, राजीव ढुङ्गाना, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, मुक्ताकुमारी यादव, प्रतिमा गौतम, प्रा.डा. गोविन्दराज पोखरेल, सुशीला मिश्र भट्ट, डा. गंगालक्ष्मी अवाल, सुशीला थिङ, सुशीला ढकाल आचार्य, शान्ति परियार बि.क., डा. जीवन राना, धना खतिवडा, गोमाकुमारी भट्टराई, अनिलकुमार रुंगटा, आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का, आमन्त्रित रुपमा बैठकमा सहभागी मन्त्रीहरू तेजुलाल चौधरी (युवा तथा खेलकुद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास)ले आ–आफ्नो धारणा राखेका छन् ।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार २२ गते आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया