पैसाको अहँकारले उन्माद भएका विनोद चौधरीलाई सरिताले सुनाइन् कांग्रेस र प्रसाईं परिवारको ब्याख्या

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले पैसा र राजनीतिलाई एक ठाउँमा नदाज्न चेतावनी दिएकी छिन् ।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेतृ प्रसाईंले भनिन्, ‘पैसा र राजनीतिलाई एक ठाउँमा नदाज्नु होला ।’

कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीले कांग्रेसलाई चन्दा दिएर नेता बनेको लगायतका अभिव्यक्ति दिँदै नेता डा.शेखर कोइरालाविरुद्ध अभिव्यक्ति दिएपछि आलोचना भइरहेको छ । नेतृ प्रसाईंले विनोद चौधरीको नाम नदिएर राजनीतिलाई पैसामा नजोड्न चेतावनी दिइन् ।

‘पैसा र राजनीति एउटै होइन । पैसाले राजनीति किन्न सक्दैन । पैसाले विश्वास किन्न सक्दैन,’ नेतृ प्रसाईंले भनिन्, ‘पैसाले केही केही कुरा किन्न सक्छ होला । पैसा पनि चाहिन्छ होला ।’

प्रसाईंले भनेकी छिन्, ‘नेपाली कांग्रेस भनेको सजिलो पार्टी पनि होइन । सजिलो पार्टी यहाँ पनि छैन । म मेरो परिवारमा तेस्रो पुस्ताको कांग्रेस हुँ, कांग्रेस । मेरो हजुर बा, मेरो बा कांग्रेसमा हुने बेलामा म लडेर बनेको पार्टी हो । धेरै म जस्ता कार्यकर्ता यो पार्टीमा छन् ।’

‘कसैलाई फर्किएर गाली गर्दैगर्दा, कसैको कसैलाई भन्दै गर्दा फर्किएर ईतिहाँस पनि हेरौं । त्यसको लगानी पनि हेरौँ । पार्टीको ईतिहाँस पनि हेरौँ,’ उनले भनिन् ।

‘पैसाका कुरा गर्ने हो भने त हामीले सुनेका थियौँ । म झापाको प्रसाईंको छोरी हो । मेरो बाजे, बाबु पञ्चायतका ठूला ठूला मान्छे थिए । हजुर बुबाको घरमा टीका लगाउने आउँथे । हाम्रो परिवारको सर्वस्वहरण भएको तपाईहरूले सुनेकै होला । त्यस कारण पैसा र राजनीति एउटै होइन । पैसाले राजनीति किन्न सक्दैन । पैसाले विश्वास किन्न सक्दैन । पैसाले केही केही कुरा किन्न सक्छ होला । पैसा पनि चाहिन्छ होला,’ नेतृ प्रसाईंले भनेकी छिन् ।

‘पैसा र राजनीतिलाई एकै ठाउँमा हालेर हेरेको भए कांग्रेस यो ठाउँमा हुने थिएन होला । मैले ईतिहाँस देखेको छु,’ उनले भनिन्, ‘पैसाको लागि गरेको भए कांग्रेसले यो प्रजातन्त्र आउने थिएन ।’

उनले भनेकी छिन्, ‘नेपाली कांग्रेसले प्राइभेट सेक्टरलाई हेर्न नखोजेको हो भन्ने सुने । म सानै थिएँ । सानैदेखि सुन्थेँ । कांग्रेसले खुला अर्थतन्त्रका बारेमा बहस गरेको मेरो घरमा सुन्थेँ ।’

‘मैले कहिल्यै पनि कांग्रेसले प्राइभेट सेक्टरलाई अफ्ठ्यारो पारेको सुनेको थिइन् । तर, यहाँ सुन्न पाएँ,’ उनले भनिन्, ‘अस्तिको बजेट भाषणमा टेक एण्ड पे सरकारले बजेटमा ल्यायो । हामीले यस्तो गर्न पाइँदैन प्राइभेट सेक्टरले लगानी गरेको कुरालाई कांग्रेसले बचाउनुपर्छ । हाम्रो सभापतिज्यूले अडान लिएर टेक एण्ड पेमा लग्यौँ ।’

एमालेबाट कांग्रेसमा प्रवेश गरेर मधेशीको आरक्षणबाट केन्द्रीय सदस्य बनेका विनोद चौधरीमा पैसाको ठूलो अहँकार बढेर गएको छ । पैसा बुझाएर कांग्रेसको राजनीतिमा आएको हुँ भन्ने तोरी लाहुरे अभिव्यक्ति दिएपछि आलोचना भइरहेको छ ।

Published : Friday, 2025 July 4, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया