सहकारी ठगका अभियुक्त रविको पक्षमा बर्दीमै हस्ताक्षर गर्ने सईको जिम्मेवारी खोसियो

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका जिल्ला ट्राफिक कार्यालय, बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कमल खड्काको जिम्मेवारी खोसिएको छ ।
लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले नेपालगञ्जमा बर्दीमा आएर हस्ताक्षर गरेका थिए । आफ्नो पदीय आचारण र जिम्मेवारी विपरितको कार्य गरेपछि सई खड्का कारबाहीमा परेका हुन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । लामिछाने रुपन्देहीको भैरहवास्थित कारागारमा थुनामा छन् ।
रास्वपाले न्यायालयको प्रक्रियाविरुद्ध हस्ताक्षर अभियान चलाएको छ । प्रहरीको सई खड्काले बर्दीमै पुगेर लामिछानेलाई अन्याय भएको भन्दै हस्ताक्षर गरेपछि आलोचना भएको थियो ।
प्रहरी भनेको निष्पक्ष बस्नु पर्नेमा थुनामा रहेका सहकारी ठगका अभियुक्तको पक्षमा खुलेरै लागेपछि कारबाही गर्न दवाव परेको थियो ।
ट्राफिकका सई खड्का नेपालगञ्जमा कार्यरत थिए । ट्राफिक सई खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका डीआईजी विनोद घिमिरेले हस्ताक्षरबारे बुझ्न सई खड्कालाई हेडक्वाटर झिकाइएको पत्रकारहरूलाई बताएका छन् ।
पार्टी सभापति लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया