कांग्रेसमा पैसाको घमण्ड देखाउँदा विनोद चौधरीलाई दिए कोइरालाले जवाफ

काठमाडौं । अरबपति विनोद चौधरीलाई चन्दा दिएकै भरमा नेता मान्नुपर्ने भनाइको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले कडा रुपमा प्रतिवाद गरेका छन् ।
बिहीबार ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै कोइरालाले केन्द्रीय सदस्य विनोद चौधरीलाई चन्दा दिएको भनेर पार्टीमा जे गरे पनि हुन्छ भन्ने धारणा बोक्न नहुने चेतावनी दिए ।
कोइरालाले भने, ‘मैले चन्दा दिएको छु त्यसकारण मैले ताकिताकि छानीछानी कारवाहीको डण्डा चलाउँछु भन्न हुँदैन । प्रतिस्पर्धीलाई रोजीरोजी कारवाहीको डण्डा चलाउँछु भन्न हुँदैन ।’
‘वीपी कोइरालाले सुकिलामुकिलाको कुरा गर्नुभएको थियो,’ उनले भने, ‘यो सबैलाई थाहा भएको कुरा भनेर म समय लिन्नँ । तर, सुकिलामुकिलाले पार्टी कब्जा गरेर इमानदारहरूले संघर्ष गर्नुपर्ने दिन नआओस् । यसमा हामी सचेत हुनैपर्छ ।’
नेता कोइरालाले नेपालको औद्योगिक क्षेत्र तथा अर्थतन्त्रमा विनोद चौधरीको ठूलो योगदान रहेको बताए । विनोद चौधरी जस्तो अब्बल मानिस विवादमा परेकामा कोइरालाले दुःख व्यक्त गरेका छन् ।
‘विनोद चौधरीको विरोध गरेको नठानियोस् । म उहाँको प्रशंसक नै हो,’ कोइरालाले चेतावनी शैलीमा भने, ‘पार्टीको सांसदका रुपमा उहाँ जति सफल बन्नुहुन्छ, हाम्रो पार्टी त्यति सफल हुन्छ ।’
उनले भने, ‘म फेरि पनि भन्छु, उहाँ अब्बल मानिस हो । यति अब्बल मानिसले अलि हाइ लेभलको स्तरीय राजनीति गर्नुहुन्छ भन्ने मलाई लागेको थियो र अझै पनि लागेको छ ।’
‘विनोद चौधरीका बारेमा शेखर कोइरालाले एउटा प्रश्न उठाउनुभयो, जवाफमा विनोदले आठवटा प्रश्न उठाउनुभयो’, कोइरालाले भने ।
‘शेखर कोइरालालाई संकीर्ण पनि भन्नुभयो । शेखर कोइराला, शेरबहादुर देउवा लगायत हाम्रो पार्टीका नेताहरू संकीर्ण हुनुहुन्थ्यो भने उहाँ अन्तरीक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न पाउनुहुन्नथ्यो,’ नेता कोइरालाले भने ।
कोइरालाले कांग्रेसका कार्यकर्ता संकीर्ण थिए भने उहाँ त्यति राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित बन्नुहुन्थ्यो भनी प्रश्न गरेका छन् ।
उनले भने, ‘शेखर कोइराला संकीर्ण व्यक्ति हो भने उहाँले पार्टी सभापति पदमा कसरी ४० प्रतिशत मत ल्याउनुभयो ? उहाँलाई मत दिने सबै संकीर्ण हुन् ? याद राख्नुहोस्, शेखर कोइराला पार्टी सभापति पदका निकटतम प्रतिस्पर्धी हो ।’
‘कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई समाप्त पार्ने चलन छैन बरु उच्च कदर गरिन्छ,’ कोइरालाले भने, ‘चुनावमा शेरबहादुर देउवालाई शेखर कोइरालाले हराउन औपचारिक प्रयास गर्नुभएको हो तर, शेरबहादुरले जित्नुभयो ।’
मधेशी आरक्षणमा कांग्रेसको केन्द्रीय सदस्य बनेका सांसद विनोद चौधरीले कांग्रेसको बैठकमा चन्दा दिएर नेता बनेको र शेखर कोइरालाको आलोचना गरेका थिए । आफ्नो भडास विनोद चौधरीले पोखेपछि विरोध भइरहेको छ । विनोद चौधरीको अहँकार र भमण्डलाई नेताहरूले सबक सिकाइरहेका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया