कांग्रेस बलियो बनाउन नेताहरू अनुशासित र मर्यादित हुन केन्द्रीय सदस्यहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा उपसभाति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाको प्रतिवेदनहरूमा नेताहरूले टिप्पणी गरेका छन् ।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले क्रियाशील सदस्यताका विषयमा चिन्ता जनाएका हुन् । केन्द्रीय सदस्यहरूले कांग्रेसलाई बलियो बनाउने हो भने मर्यादित र अनुशासित नेता, कार्यकर्ता हुनुपर्ने बताएका छन् ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, डा.रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयवावु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल र लक्ष्मी खतिवडाले आ–आफ्नो धारणा राखेको विज्ञप्तिमा उल्लेख छ ।

असार १६ देखि शुरू भएको बैठकमा विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार २० गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Published : Thursday, 2025 July 3, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया