गगनलाई अनुशासनको कारबाही गर्न कांग्रेस बैठकमा माग, रास्वपासँग मिलेर उमेश-भीमसेन लगायतलाई हराएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि छानविन गरेर अनुशासनको कारबाही हुनुपर्ने बताएका छन् ।
बुधबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसमितिको बैठकमा बोल्दै नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई जिताउन कांग्रेसका उम्मेदवारहरूलाई हराउन भूमिका खेलेको आरोप रहेको बताए ।
उनले भने, ‘अनुशासनका कारबाहीका कुराहरू पनि उठे । गगन थापाजीको कारणबाट रास्वपालाई दुई वटा सांसद सिट फाइदा भयो भनेर संस्थापक महामन्त्री मुकुल ढकालले सार्वजनिक रुपमा बोल्नुभएको छ ।’
‘भीमसेनदास प्रधानलाई काठमाडौंमा हराउँदा गगन थापा सक्रिय भए भन्ने कुरा चर्चामा थियो,’ बस्नेतले भने, ‘चितवनमा रवि लामिछानेलाई जिताएर उमेश श्रेष्ठलाई हराउन गगन थापा सक्रिय भन्ने कुरा थियो ।’
‘तनहुँमा स्वर्णिम वाग्लेलाई चुनाव जिताउन गगन थापा आफू प्रतिनिधि भएर गएर स्वर्णिम वाग्लेलाई मद्दत गरेको भन्ने पनि थियो । रास्वपाले गगन उठेको क्षेत्रमा रास्वपाले उम्मेदवार फिर्ता लियो,’ नेता बस्नेतले भने, ‘गगन थापाको कारणबाट रास्वपालाई दुइटा सिट फाइदा कुरा सर्वाजनिक भइसकेपछि त्यसमा गम्भीर रुपमा छानविन गर्नुपर्छ ।’
‘अनुाशसनको कारबाही गर्नुपर्छ । अनुशासनको कारबाही साधारण कार्यकर्तालाई मात्रै होइन पार्टीको विधानअनुसार सबैलाई लागू हुनुपर्छ,’ उनले भने, ‘गगन थापामाथि अनुशासनको कारबाही हुनुपर्छ ।’
नेता बस्नेत बोल्न क्रममा महामन्त्री थापा बैठक हलभन्दा बाहिर रहेका थिए । बस्नेतले आफूविरुद्ध बोल्ने सूचना पाएपछि बैठकबाट बाहिरिएका थिए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया