आज थाहा पाउँदैछु म, यो कसले गर्‍यो भन्ने कुरा : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिले सबैभन्दा ठूलो उपलब्धि गरेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सम्बोधन गर्दै खतिवडाले भने, ‘यो समितिलाई खुइल्याउने काममा केही मान्छेहरू लागेको अनुभूमि हामीलाई भयो ।’

‘आज थाहा पाउँदैछु म । यो कसले गर्‍यो भन्ने कुरा । सबै निजामती कर्मचारी खराब छन् भनेर म भन्न चाहँदैन,’ खतिवडाले भने, ‘क्षमता, योग्यता, प्रतिष्ठामा गर्व लाग्छ कतिपय निजामती कर्मचारीहरूमा ।’

उनले भने, ‘कतिपय निजामती कर्मचारी आफू मात्रै खाऔँ । अरु जाओस् भन्ने प्रवृत्तिको पनि हामीले देखेका छौँ । त्यसलाई कन्ट्रोल गर्न पनि कुलिङ अफ पिरियड ल्याउन खोजेका हौँ ।’

‘त्यो वापत हामीले कत्रो भनाइ खानु परेको छ । बेइज्जती भोग्नु परेको छ सार्वजनिक रुपमा । हामी यसलाई जस्तोको तस्तै छ भनेर लैजाने बीचमा तोड्ने काम भएको छ ।’

‘यो गम्भीर अपराध हो । अक्षम्य अपराध हो,’ खतिवडाले भने, ‘हामी सभामुखलाई छानविनका लागि अनुरोध गर्न चाहन्छौँ । छानविन पछाडि गल्ती भयो भने रामहरि खतिवडा जस्तो सुकै सजाय, मेरो गल्ती देखियो भने सजायको भागी बन्न तयार छ ।’

उनले भने, ‘मार्ग प्रशस्त गर्न भन्नुभयो । म फेरि पनि भन्दछु । कुनै पनि ईश्युमा समितिको रायभन्दा बाहेक एउटा मैले थपेको भनेको ‘राजीनामा दिएपछि र अन्य सरकारी’ भन्ने दुई वटा बाहेक केही गरेको छैन । हामीले गरेको निर्णयलाई उल्ट्याउने र बिगार्ने काम कहाँ भएको छ भनेर जान्न चाहेका थियौँ । अलिअली अनुभूति भएको छ ।’

Published : Wednesday, 2025 July 2, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया