विनोद चौधरीले देखाए कांग्रेसमा सम्पत्ति र घमण्डको अहँकार, डा.कोइरालालाई सिकाए राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई केन्द्रीय सदस्य विनोद चौधरीले कांग्रेसको पाठ र सिद्धान्त सिकाएका छन् ।
वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको कार्यसमिति बैठकमा चौधरीले डा.कोइरालाको आलोचना गरेका हुन् । अर्बपति चौधरीले गलत प्रवृत्ति भएका कांग्रेस नेताहरूकै कारण भोलिका दिनमा पार्टी नै नरहने गम्भीर संकट निम्तन सक्ने बताए ।
चौधरीले आफूमाथि डा.कोइरालाले लगाएको लाञ्छनाले मर्माहत भएको बताए । उनले भोलि पार्टी हाँक्ने इच्छा राखेको नेताको सोँच देखेर आफू अचम्म परेको बताए ।
सोमबारको बैठकमा नेता डा.कोइरालाले विनोद चौधरीको योग्यतामाथि प्रश्न उठाउँदै कसरी केन्द्रीय सदस्य बनेको हो भनेर जिज्ञासा राखेका थिए । चौधरीले डा.कोइरालालाई मंगलबारको बैठकमा जवाफ दिएका छन् ।
डा.कोइरालाले चार वर्षअघि विनोद चौधरीलाई नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत भएको बताएका थिए । त्यसको जवाफमा चौधरीले आफूलाई विधि पुर्याएर पार्टीको केन्द्रीय समितिमा ल्याइएको बताए ।
चौधरीले सारा विधि पुर्याएर पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानूनी परीक्ष, पार्टीको कानून विभागले गरेको विश्लेषण, निर्णय, अदालतले समेत गरेको निर्णय र निर्वाचन आयोग यी सबैबाट सफाइ प्राप्त व्यक्ति भएको बताए ।
चौधरीले गुटको पनि सीमा हुनुपर्ने बताए । चौधरीले भने, ‘गुटको राजनीतिको नाममा हामीजस्ता मान्छेलाई देशभरि छेक्ने, विश्वभर चिनिएका यस्ता व्यक्तिलाई पार्टीको एजेन्डा, यो पार्टीले एउटा सम्पन्न नेपाल बनाउने एजेन्डा, दुनियाँको अगाडि पस्किने क्रममा भित्र्याउने हो कि या घ्घार घ्यार गरेर यो पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा रिजेक्ट पार्टीको लागि ठाउँठाउँमा बुथबुथमा मान्छेहरू राख्ने हो ?’
केन्द्रीय सदस्य चौधरीले डा.कोइरालाका बारेमा भने, ‘पार्टीका शीर्षस्थ नेताहरूलाई जथानाम गाली गरिकन, हराउनका लागि हरप्रकारको तिकडम गरेर लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आशिन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले हाँक्ने हो पार्टीलाई भोलिको दिनमा ?’
चौधरीले यो नै आजका लागि सबैभन्दा महत्वपूर्ण प्रश्न भएको बताए । उनले पार्टीमा गुट भए पनि गुटका मान्छेले पार्टीलाई कहाँसम्म पु¥याउन सक्छु भनेर एजेन्डा बोकेर हिँड्नु पर्ने बताए ।
नेता चौधरीले भने, ‘गुटैपिच्छेका नेताले पार्टीलाई कुन प्राथमिकता दिएर कहाँसम्म पुर्याउन सक्छु भनेर दृष्टिकोण राख्न सक्नुपर्छ । खास गरिकन अहिलेको समयमा जबकि पार्टीले अत्यन्त चुनौतीपूर्ण परिस्थितिको सामना गर्दैछ ।’
डा.कोइरालाको सन्देशले कांग्रेसका ठूला नेताहरूका बारेमा सोँच्नपर्ने बाध्य बनाएको चौधरीले बताएका छन् ।
‘पूर्ण दृष्टिकोण देशभित्र र देश बाहिर भएका सम्पूर्ण युवाहरूको ध्यान भनेको अहिले जागिर, बाँचेर बस्ने, टिक्न सक्ने, आफ्नो भोलिको भविष्यलाई सुरक्षित राख्न सक्ने कार्यक्रम र ती त्यस्ता अनुहारहरू जसले दिएका कार्यक्रमहरू हामीले भर गर्न सक्ने को हो त भनेर खोजी गरिरहेको स्थितिमा नयाँ किसिमको जोश र वातावरण तथा एउटा विश्वासको वातावरण सिर्जना गर्ने बताउनुको सट्टा जुन प्रकारको सन्देश हिजो उहाँले बोल्नुभएको कुराले बाहिर पठाएको छ मलाई लाग्छ त्यसले नेपाली कांग्रेसकै सोँचाइका बारेमा नेपालकै ठूलाठूला नेताहरूका बारेमा गम्भीर प्रश्न उठाएको छ,’ चौधरीले भने ।
चौधरीले विक्रम खनाल (कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री) लाई बचाउनु छभने त्यसका लागि अनुशासन समितिसँग छलफल गर्न डा.कोइरालालाई सुझाव दिएका छन् । केन्द्रीय समितिमा त्यो प्रकारको प्रश्न गर्नु कुनै पनि किसिमले औचित्य नभएको उनले बताए ।
चौधरीले कामै गर्न नदिनेहरूलाई कडाभन्दा कडा कारबाही गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
नेता चौधरीले भने, ‘जहाँ अनुशासनको प्रश्न आउँछ पार्टीलाई हरदिन विवादमा लिएर जाने, कुनै पनि काम गर्न नदिने वातावरण बनाउनेलाई पार्टीले कडा भन्दा कडा अनुशासनको कारबाही गरेन भने यो पार्टी भोलिका दिनमा पार्टीको रुपमा चुनौती थाम्ने स्थितिमा नरहन सक्छ ।’
चौधरीले भने, ‘सभापति महोदयलाई फेरि पनि आग्रह गर्न चाहन्छु कि गुटको राजनीतिको पनि एउटा सीमा खिच्नुपर्छ । यो पालिको कारबाहीमात्र होइन यसपछि पनि त्यस्ता किसिमका गतिविधिमा संलग्न हुने, पार्टीलाई नोक्सान पुर्याउने, पार्टीका आधिकारिक उम्मेदवारलाई नोक्सान पुर्याउने, आफ्ना जिम्मेवारीलाई अगाडि नबढाउने, त्यस्ताका खिलापमा उजुरीमात्र होइन तत्काल कारबाही गर्ने वातावरण बनाउन सक्नुपर्दछ । यो पार्टीलाई भोलिको चुनौती थाम्नका लागि खडा गर्ने हो भने ।’
डा.कोइरालाले ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’को बारेमासमेत प्रसङ्ग उठाएर आफूहरू जस्तालाई कांग्रेसमा समेटेकोप्रति आपत्ति जनाएको संकेत गरेका छन् । नेता चौधरीले भने, ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट भनेको के हो ? किसानले कृषि मन्त्रालय चलाउँदा कन्फ्लिक्ट अफ इन्टरेस्ट हुने हो भने डाक्टरले स्वास्थ्य मन्त्रालय चलाउँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने हो भने आज एउटा उद्यमी व्यवसायीले एउटा अर्थतन्त्र बुझेको मान्छेले अर्थतन्त्र चलाउँछ भने ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने भए के को लागि ल्याउने ?’
चौधरीले भने, ‘यो कमिटीले निर्णय गरोस् कि यहाँ खाली जेल र नेल खाएका मानिसहरू बाहेक (उहाँहरूप्रति म सम्मान गर्छु) कुनै पनि पेशामा जतिसुकै नाम कमाएको, जतिसुकै प्रतिष्ठा कमाएको व्यक्ति होस् हामीलाई त्यसको आवश्यकता छैन । यदि त्यो नै हाम्रो सोँच हो भने त्यही नै निर्णय गरौँ हामी ।’
नेता चौधरीले डा.कोइरालाको विज्ञताप्रति प्रश्न उठाएका छन् । नेता चौधरीले भने, ‘यो डबल स्टयान्डर्डलाई हामीले त्याग्नै पर्छ ।’
केन्द्रीय सदस्य चौधरीले जेलनेल खाएका बाहेक अन्य पेशामा प्रतिष्ठा कमाएका व्यक्तिको आवश्यकता छैन भनेर कांग्रेसले निर्णय गर्न चुनौतीसमेत दिए ।
चौधरीले नवनियुक्त कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई कुर्सीमा बस्दा अपमान गर्ने र साथमा बस्दा अछुतो हुन्छु भन्ने मानसिकता समेत नेतामा देखिएको आरोप लगाए ।
चौधरीले त्यही उमेश श्रेष्ठसँग चन्दा माग्न जाँदा, सहयोग माग्न जाँदा सानो नहुने तर, कोषाध्यक्ष मान्न लाज हुने अवस्थाले कांग्रेसलाई लज्जित बनाएको बताए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया