कांग्रेसमा उपसभापति र महामन्त्रीको प्रतिवेदनमा केन्द्रीय सदस्यहरूद्वारा टिप्पणी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरूले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाको प्रतिवेदनमाथि धारणा राखेका छन् ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्माले धारणा राखेका छन् ।

देवेन्द्रराज कण्डेल, डा.डिला संग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उदयशम्शेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल के.सी., सीताकुमारी रानाले पनि धारणा राखेका छन् ।

राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आ–आफ्नो धारणा राखेका हुन् ।

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको कार्यसमितिको बैठक बुधबार असार १८ गते दिउँसो १२ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Published : Tuesday, 2025 July 1, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया