निजामती विधेयकका विषयमा सभामुख घिमिरे र सभापति खतिवडासहितका सांसदहरूबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहितका सदस्यहरूसँग छलफल गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले समितिका सभापति खतिवडा र सदस्यहरूसँग निजामती विधेयक भएको गडबढीका विषयमा छलफल गरेका हुन् ।
निजामती सेवा विधेयक सांसदले पारित गरेको मस्यौदाभन्दा फरकरुपमा प्रतिनिधिसभाबाट पारित भएपछि घिमिरेले छलफल गरेका हुन् ।
अवकाशप्राप्त कर्मचारीलाई पुनः नियुक्ति रोक्न राखिएको दुईवर्षे कुलिङ पिरियडको व्यवस्था राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भएपनि प्रतिनिधि सभामा सभापति खतिवडाले पेश गरेको विधेयकको मस्यौदामा कुलिङ पिरियडको प्रावधान फरक परेपछि विवाद भएको छ ।
समितिका सभापति खतिवडाले निजामती सेवा विधेयकमा भएको खेलवाडका विषयमा आफू पनि गम्भीर रहेको बताएका छन् । उनले यो विषयमा सभामुख घिमिरेसँग छलफल भएको भन्दै उपयुक्त निर्णय लिइने बताएका छन् ।
सभामुख घिमिरेसँगको छलफलमा राज्य व्यवस्था समितिका सभापति खतिवडा, नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डे, कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानी र सरिता प्रसाईं, एमालेका कृष्णगोपाल श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारीलगायतको सहभागिता रहेको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया