विनोद चौधरीको योग्यतामाथि पहिलो पटक कांग्रेसमा प्रश्न उठ्यो, नवलपरासीमा पनि विरोध

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीको योग्यतामाथि प्रश्न उठाएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता कोइरालाले केन्द्रीय सदस्य बन्न विनोद चौधरीको योग्यता नपुगेको बताए ।
नेता कोइरालाले प्रश्न गर्दै भने, ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यताथियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?’
‘सभापतिज्यूलाई स्मरण होला, पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो,’ नेता कोइरालाले भने, ‘उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्दीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनु भएन ।’
चौधरी ग्रुपका मालिक विनोद चौधरी कांग्रेसको केन्द्रीय समितिमा छन् । मधेशीको आरक्षणबाट केन्द्रीय सदस्य बनेका हुन् ।
पहुँचको भरमा चौधरीले नवलपरासी क्षेत्र नं. १ बाट टिकट लिएका थिए । स्थानीय नेताहरूको टिकट खोसेर चौधरीले प्रतिनिधि सभामा उम्मेदवार बनेर जित हासिल गरेका हुन् ।
सांसद एवम् केन्द्रीय सदस्य चौधरीका विषयमा पहिलो पटक नेता कोइरालाले केन्द्रीय कार्यसमितिको बैठकभित्रै योग्यतामाथि प्रश्न उठाएका छन् । आफूमाथि केन्द्रीय सदस्य बन्ने योग्याता छ वा छैन भनेर चौधरीले प्रमाणित गर्नुपर्छ ।
चौधरीको आफ्नै निर्वाचन क्षेत्र छैन । नवलपरासी जिल्लाको क्षेत्र नं. १ मा शरणार्थी सांसद बनेका चौधरीमाथि स्थानीय नेता कार्यकर्ताले प्रश्न उठाउन थालेका छन् । अर्बपति चौधरीबाट विकास र अन्य सहयोग हुने ठानेर मतदान गरेर विजयी बनाएका कांग्रेसका नेता कार्यकर्ताहरू पछुताउन थालेका बेला नेता कोइरालाले गम्भीर प्रश्न उठाएका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया