शान्तिसिंह र महेशकुमारको सुनुवाइ सकियो, निर्णय हुन बाँकी

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको संसदीय सुनुवाइ गरेको छ ।

सोमबार सिंहदरबारमा सोमबार बसेको समिति बैठकले दुई जनाको संसदीय सुनुवाइ गरेको हो ।

आइतबार समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाइ गरेको थियो ।

प्रस्तावित सबैको सुनुवाइ भए पनि समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा भने सोमबार निर्णय हुन सकेन ।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित व्यक्तिमाथिको छलफल बाँकी रहेको र समिति सदस्यहरूको कार्यव्यस्ताका कारण अर्को बैठकबाट आवश्यक निर्णय लिइने जानकारी दिइन् ।

Published : Monday, 2025 June 30, 2:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया