कांग्रेसका केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ । बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा मुलुकको समसामयिक विषय, भ्रातृ संस्थाहरूको अधिवेशन लगायतका विषयमा छलफल हुनेछ ।

सभापति शेरबहादुर देउवाले पार्टीको भावी रणनीति बनाउन र सरसल्लाह लिन बैठक बोलाएका छन् । बैठक केही दिनसम्म चल्न सक्नेछ ।

यसअघि, आइतबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिको बैठकको एजेन्डा तय गरेको थियो । बैठकले भ्रातृ संगठनहरुलाई समय थप्ने विषयलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने भएको छ ।

केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

Published : Monday, 2025 June 30, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया