कांग्रेसका केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ । बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा मुलुकको समसामयिक विषय, भ्रातृ संस्थाहरूको अधिवेशन लगायतका विषयमा छलफल हुनेछ ।
सभापति शेरबहादुर देउवाले पार्टीको भावी रणनीति बनाउन र सरसल्लाह लिन बैठक बोलाएका छन् । बैठक केही दिनसम्म चल्न सक्नेछ ।
यसअघि, आइतबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिको बैठकको एजेन्डा तय गरेको थियो । बैठकले भ्रातृ संगठनहरुलाई समय थप्ने विषयलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने भएको छ ।
केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया