सभापति देउवासहितका नेताहरू महिला नेतृहरूले राखेको धान दिवसको कार्यक्रममा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धान दिवस अर्थात् दही च्युरा खाने कार्यक्रममा सहभागी भएका छन् ।
आइतबार काठमाडौंमा मंगला–नोना–सुशीला–शैलजा स्मृति प्रतिष्ठानले आयोजना गरेको भेटघाट तथा दही चिउरा खाने कार्यक्रममा सभापति देउवासहितका नेताहरू सहभागी भएका हुन् ।
कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, नेता डा.शशांक कोइराला, उपसभापति धनराज गुरूङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, नेताहरू बलबहादुर केसी, डा.मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, चन्द्र भण्डारी, दीपक गिरी, शंकर भण्डारी, पुष्पा भुषाल, सरिता प्रसाईं, डा.शेखर कोइराला लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।


बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया