सभापति देउवाद्वारा जिल्ला सम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर सभापति देउवाले विभागमा दश जना सदस्यहरू मनोनयन गरिएको जनाएका छन् ।
विभागकी प्रमुख नानु बास्तोलाको सिफारिसमा देउवाले सदस्यहरू मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा दीपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाडौं), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), विमला नेपाली (दाङ) रहेका छन् ।
बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाडौं)लाई पनि विभागको सदस्यमा मनोनयन गरिएको छ ।
Published : Sunday, 2025 June 29, 5:17 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया