सभापति देउवाद्वारा जिल्ला सम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर सभापति देउवाले विभागमा दश जना सदस्यहरू मनोनयन गरिएको जनाएका छन् ।

विभागकी प्रमुख नानु बास्तोलाको सिफारिसमा देउवाले सदस्यहरू मनोनयन गरेका हुन् ।

विभागको सदस्यमा मनोनयन हुनेहरूमा दीपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाडौं), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), विमला नेपाली (दाङ) रहेका छन् ।

बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाडौं)लाई पनि विभागको सदस्यमा मनोनयन गरिएको छ ।

Published : Sunday, 2025 June 29, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया