रास्वपाका कार्यबाहक सभापति अर्यालको सुमेरु ट्राभल्स मानव तस्करीमा संलग्न, खतिवडाद्वारा संसद खुलासा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा हजारौं मानिसबाट अर्बौं रुपियाँ लिएर बदमासी गरिरहेको बताएका छन् ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले सुमेरु ट्राभल्सले विगत १० वर्षदेखि भिजिट भिसामा जापान पठाउने र उनीहरूबाट अर्बौं रूपियाँ असुल गरेको बताए ।

कांग्रेस सांसद सुमेरु ट्रभल्सका बारेमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्ष्य गर्दै त्यसरी बदमासी गर्नेहरू नै संसदमा आएर उफ्रिरहेको बताएका छन् ।

खतिवडाले भने, ‘सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यदाकदा संसदमा आएर उफ्रिने काम भएको छ, यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस् ।’

सुमिरे टुर एण्ड ट्राभल्स राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबहक सभापति एवम् सांसद डोलप्रसाद आर्यलको हो । वैदेशिक रोजगारीमा अकुत कमाइ गरेर अर्यालले रवि लामिछानेमाथि लगानी गरेर राजनीतिक दल खोलेका हुन् । अर्यालले जापान र युरोपमा अहिले पनि हुण्डीको कारोबार गर्दै आएको आरोप छ ।

कन्सल्टेन्सी र ट्राभल्सका नाममा जापान लगायतका देशमा मानिस पठाउने अबैध कार्य गर्दै आएका कार्यबाहक सभापति अर्यालले भिजिट भिसाका दोषीलाई कारबाही गर भनेर संसदमा नारावाजी लगाउने र संसदमा अबरोध गर्दै आएका छन् । अर्याल र रास्वपाको खोलभित्र रहेको चरित्रलाई सांसद एवम् सभापति खतिवडाले उदाङ्गो बनाइदिएका छन् ।

यसैबीच, संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति खतिवडाले भने, ‘कन्सल्टेन्सी र ट्राभल्सको पैसाले पार्टी कब्जा गर्ने अनि पार्टीबाट सांसद हुने सांसद भएर अरुलाई मानव तस्करलाई कारबाही गर भन्दा आफूले के गरेको छभन्ने हेर्ने पद्धतिको विकास भयो भने अझ राम्रो हुन्छ ।’

‘यसलाई पारदर्शी बनाऔं । को हो म मान्छे चिन्दैन । ती मान्छेहरूसँग भित्र यदाकदा छन् भन्ने सुनेको छु । सरकारले यसलाई छानविन गरोस्,’ खतिवडाले भने ।

‘अरु धेरै मान्छेहरू भिजिट भिसाका नाममा जापान र अन्य देशहरूमा कन्सल्टेन्सीहरूबाट पठाइएको र तिनै मान्छेहरूले आज संसद र तिनै मान्छे पार्टी कब्जा गरेर किनिएको र तिनै संसदमा आएर नारा लगाउने गरिएको छ,’ सभापति खतिवडाले भने, ‘सधै जनतालाई आफू एउटा काम गर्ने अरुलाई गाली गर्ने पद्धतिको अन्त्य होस् भन्ने मेरो चाहना हो । सुमेरु ट्राभल्स । बदमासी गर्नेले कहिँ जाँदा पनि छोड्दैन ।’ उनले भने, ‘त्यसमा छाप हान्न पठायो भने पनि कमिशन खान्छन् भन्ने हामीले पढेका थियौं ।’

Published : Saturday, 2025 June 28, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया