पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन सकेनौं : सभापति देउवा

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिको रिटायर्ड हुन लागेको बताएका छन् ।
शुक्रबार चितवनमा गौरीदेवी प्रधानको श्रद्धाञ्जलि सभामा सम्बोधन गर्दै देउवाले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाए ।
पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन नसकेको सभापति देउवाले बताए । ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो,’ देउवाले भने, ‘हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’
सभापति देउवाले समावेशी समानुपातिक संविधान राम्रो भएको बताएका छन् । संविधानको व्यवस्थाअनुसार कुनै पार्टी एक्लैले बहुमत ल्याउन गाह्रो हुने बताउँदै देउवाले अर्को पार्टीसँग गठबन्धन गर्नु बाध्यात्मक अवस्था भएको बताए ।
‘समानुपातिक समावेशी र सबै जातीय प्रतिनिधित्व हुने संविधान राम्रो छ । तर एक्लैले बहुमत ल्याउन गारो छ’, सभापति देउवाले भने, ‘एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ । हिजो माओवादीसँग मिल्यौ आज एमालेसँग । हामी मिल्ने हो भने एक्लै बहुमत ल्याउन सक्छौ ।’
श्यामकृष्ण प्रधान र उनकी पत्नी गौरीदेवी प्रधान वीपी कोइरालाको विश्वासको पात्र थिए । वीपीले उनीहरूको घरमा बसेर रणनीति तयार गर्थे । वीपीसँग आफू थुप्रै पटक पुगेको स्मरण गर्दै देउवाले प्रधान परिवारको योगदानको चर्चा गरेका छन् ।
२००६ सालदेखि कांग्रेसमा लागेर प्रजातान्तिक लडाइँमा होमिएकी गौरीदेवी प्रधानको गत शनिबार निधन भएको हो ।
कार्यक्रममा नेताहरू विमलेन्द्र निधि, डा.शशांक कोइराला, उमेश श्रेष्ठ, बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँ लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया