कांग्रेसद्वारा केन्द्रीय कार्यालय अगाडिको १ रोपनी जग्गा र घर खरिद

काठमाडौं । नेपाली कांग्रेसले वीपीनगर, ललितपुरमा रहेको केन्द्रीय कार्यालय अगाडिपट्टि रहेको १९ आना थप जग्गा खरिद गर्ने सम्झौता गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यालय भवन रहेको वीपीनगर, सानेपा, ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग सम्झौता भएको छ ।
एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपियाँ बैनासहित सम्झौता भएको छ । ‘निर्धारित १३ करोड रुपियाँ, पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिनेछ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले बताए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया