हिल्टन होटल प्रकरणमा केसी धरौटीमा रिहा, दिलभूषणको भिडियो हेरेर लेखेको बयान

काठमाडौं । हिल्टन होटल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाले खरिद गरेको भनी गलत सूचनाको अफवाह फैलाएको मुद्धा खेपिरहेका युवक सुजित केसी काठमाडौं जिल्ला अदालतबाट २५ हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्तीको आदेशमा केसीलाई धरौटीमा छाडिएको हो । केसीले हिल्टन होटलका विषयमा फेसबुकमा स्टाटस लेखेर ‘जयवीरसँग यतिधेरै पैसा कहाँबाट आयो ?’ भनी प्रश्न उठाएका थिए ।
सोही अभियोगमा पीडित पक्षले काठमाडौं जिल्ला अदालतमा मुद्धा दिएपछि सो मुद्धामा बहस जारी रहेको छ ।
अदालतमा भएको बहसकै क्रममा केसीले दिएको बयानमा आफूले सो समाचार दिलभूषण पाठकले प्रसारण गरेको ‘टफ टक’ नामक भिडियोमा सुनेर फेसबुकमा स्टाटस लेखेको बताएका छन् ।
केसीले सोही भिडियो सुनेर आफूले स्टाटस लेखेको तर, पछि अरु कुनै ठूला सञ्चारमाध्यममा नआएको तथा अनलाइन मिडियामा पनि आएको नदेखेपछि सो भिडियोमा आएका कुराहरूप्रति आफूलाई नै विश्वास नलागेपछि आफैले पोष्ट डिलिट गरेको बयान दिएका छन् ।
अर्काे रमाइलो कुरा के छ भने सो भिडियो बनाउने पाठकका विरुद्ध जयवीरले प्रहरीको साइबर ब्यूरोमा दिएको उजुरीमा भने प्रहरीले पक्राउ गर्न सकेन । प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि त्यसका विरुद्धमा उनी उच्च अदालत गएका थिए । पाटन उच्च अदालतले पाठकलाई मुद्धाको किनारा नलाग्दासम्म पक्राउ नगर्नु भनी आदेश दिएको छ ।
सोही भिडियो हेरेर फेसबुकमा लेखेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालत समक्ष पेश गरेपछि बिहीबार यो आदेश आएको छभने भिडियो बनाउने दिलभूषण पाठकलाई भने अदालतले पक्राउ नगर्न भनेको छ ।
भ्रामक भिडियो बनाउने पाठक शक्तिको पहुँचका भरमा छन् । पाठकलाई प्रहरीले डराएर पक्राउ गर्न सकेको छैन । अदालतको आदेश भन्दै प्रहरी पन्छिएर बसेको छ । त्यसको फाइदा उठाउँदै पाठकले उच्च अदालत पाटनको आदेशको भरमा उन्मुक्ति पाएका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया