चेक काट्ने बेला १५ अर्ब भ्रष्टाचारमा मुछिएका प्रदीपले जगन्नाथलाई हटाए, मन्त्री निरिह, योगेशको खटनपटन

काठमाडौं । झण्डै १५ अर्ब भ्रष्टाचार काण्डमा कारबाही सिफारिस भएका ‘नाइके’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दुई वटा विमानस्थलका महाप्रबन्धकहरूको सरुवा गरेका छन् ।
महानिर्देशक अधिकारीले असार मसान्तपछि गर्नुपर्ने सरुवा मन्त्रीलाई समेत जानकारी नगराएर हतारमा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयको महाप्रबन्धकमा हंसराज पाण्डेलाई सरुवा गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका पाण्डे प्राधिकरणको हेडक्वारटमा डिजी थ्री थिए । पाण्डे रेडिया ईञ्जियिर हुन् । महाप्रबन्धक बन्नका लागि नियमावलीअनुसार प्राविधिक नै चाहिन्छ ।
ठूला टेण्डर र आयोजनाहरूको चेक काटेर भुक्तानी दिने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थल, नागरिक उड्डयन कार्यालयमा सरुवा गरेका छन् । अधिकारीले निरौलालाई असक्षम भनेर सरुवा गरेका हुन् वा अन्य कुनै कारण छ खुल्दै जानेछ । किन भने, अधिकारी र निरौलाबीच घाँटी जोडिएको छ ।
पोखरा विमानस्थलमा सरुवा भएका महाप्रबन्धक निरौला प्राविधिक होइनन् । महानिर्देशक अधिकारीको भित्रिया भएकै कारण त्रिभुवन विमास्थलबाट सिधै पोखरा विमास्थलको महाप्रबन्धक पद हत्याएका छन् ।
महानिर्देशक अधिकारीले पोखरा र त्रिभुवन विमानस्थलका महाप्रबन्धकहरूलाई किन सरुवा गरेका हुन् प्रश्न उठेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाप्रबन्धकहरू अहिले सरुवा नगर्न महानिर्देशक अधिकारीलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ । मन्त्री पाण्डेको निर्देशनलाई टेरपुच्छर नलगाएर अधिकारीले पूर्वमन्त्री एवम् एमालेका सांसद योगेश भट्टराईको खटनपटनमा दुई महानिर्देशकको सरुवा गरेका छन् । मन्त्री पाण्डे महानिर्देशक अधिकारीसँग केही कुरामा चुकेका कारण नटेरेको चर्चा प्राधिकरणमा छ ।
आफूले विश्वास गरेको कर्मचारीलाई पोखरा किन पठाए दुई थरी प्रश्न उठेको प्राधिकरणमा चर्चा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न असक्ष भएर हो वा अधिकारीले भनेअनुसारको काम गर्न नसकेपछि निरौलालाई विश्वास नलागेर असार मसान्तमा चेक काटेर भुक्तानी गर्ने बेला लात हानेर पोखरा पठाएको हुन सक्ने चर्चा छ । पोखरा विमानस्थलमा १५ अर्ब भ्रष्टाचारको कागजपत्रहरू मिलान गर्ने तथा फर्निचर लगायतका सामग्रीहरू बुझेर महानिर्देशक अधिकारीलाई चोख्याउने कार्य गर्नका लागि गएको हुनुपर्छ भनेर चर्चा पनि प्राधिकरणमा चलेको छ ।
आफूले भनेअनुसार निरौलाले अधिकारीलाई नाघेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला योजना र ठेक्का प्रक्रियामा लैजान खोजेपछि हटाएर पाण्डेलाई ल्याएको हुन सक्ने चर्चा पनि छ । हुन त पाण्डेको अहिलेसम्म कुनै गलत कुरा कर्मचारीहरूले सुनेका छैनन् ।
महानिर्देशक अधिकारीलाई क्रस गरेर निरौलाले काम गरेको सूचना ईन्जिनियर समेत रहेका राष्ट्रिय कर्मचारी संगठनका पूर्वअध्यक्ष श्रवण यादवले कुरा लगाएर अधिकारी र निरौलाबीच सम्बन्ध बिगारिदिएको हो कि भनेर प्रश्न पनि प्रश्न उठेको छ ।
१५ अर्ब भ्रष्टाचार भएको पोखरा विमानस्थलको फर्निचर लगायतका सामान तोकिएको मापदण्ड र गुणस्तरअनुसार नभएको भन्दै यसअघिका महाप्रबन्धकहरू देवचन्द्र कर्ण, नवीना कर्माचार्य, प्रेमनाथ ठाकुरले बुझ्न मानेका थिएनन् । फर्निचर लगायतका सामग्री बुझ्न नमानेपछि महानिर्देशक अधिकारीलाई ठूलो तनाब भएको थियो । निरौलालाई तोकिएको मापदण्ड विपरितका फर्निचर लगायतका सामग्री बुझ्न पठाएर अधिकारीले फसाउन त खोजेका होइनन् स्रोतले जनाएको छ ।
उता, निरिह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई काठमाडौं सरुवा गरेर ल्याउन महानिर्देशक अधिकारीलाई पटक पटक निर्देशन दिएसकेका छन् । मन्त्रीको निर्देशनलाई अटेर गरेर अधिकारीले तिवारीलाई १४ महिनादेखि भैरहवामा थन्काएर राखेका छन् ।
चार महिना अगाडि पोखरा विमानस्थलको महाप्रबन्धक बनेका प्रेमनाथ ठाकुरलाई महानिर्देशक अधिकारीले चार महिनामै सरुवा गरेर प्राधिकरणको मुख्यालयमा ल्याएका छन् ।
यता, महानिर्देशक अधिकारीले ११ तहका का बाबुराम पौडेललाई निमित्त डिजी थ्री (कर्पोरेट डाइरेक्टर) बनाएका छन् । यो पदमा १२ तहको हुनुपर्छ ।
संसदको सार्वजनिक लेखा समितिले भ्रष्टाचारको मुख्य नाइके भन्दै महानिर्देशक अधिकारीसहित निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक विनेश मुनाकर्मी, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, पूर्व महानिर्देशकहरू सञ्जीव गौतम र राजन पोखरेललाई कारबाही सिफारिस गरेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया