सर्वोच्च अदालतका लागि प्रस्तावित ३ न्यायाधीशविरुद्ध ७ उजुरी
काठमाडौं । संसदका सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको जनाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा ५ वटा व्यक्ति केन्द्रित र २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति ईश्वरीदेवी न्यौपानेले बताएकी छिन् । उजुरीको प्रकृतिबारे केही सार्वजनिक रुपमा भनिएको छैन ।
समितिले उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा बोलाएर जानकारी लिन लागेको छ ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् । तीन जनाको आइतबार सुनुवाइ हुनेछ ।
Published : Thursday, 2025 June 26, 1:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया