सर्वोच्च अदालतका लागि प्रस्तावित ३ न्यायाधीशविरुद्ध ७ उजुरी

काठमाडौं । संसदका सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा ५ वटा व्यक्ति केन्द्रित र २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति ईश्वरीदेवी न्यौपानेले बताएकी छिन् । उजुरीको प्रकृतिबारे केही सार्वजनिक रुपमा भनिएको छैन ।

समितिले उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा बोलाएर जानकारी लिन लागेको छ ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् । तीन जनाको आइतबार सुनुवाइ हुनेछ ।

Published : Thursday, 2025 June 26, 1:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया