परराष्ट्रमन्त्री डा.राणाको प्रशंसनीय कदम, म्यानमारबाट ७ नेपालीहरूको उद्धार

काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूतावास, बैंककले म्यानमारबाट सात जना नेपाली नागरिकहरूलाई उद्धार गरेर नेपाल पठाएको छ ।
बुधबार थाइल्याण्डबाट सात जना नेपालीहरूलाई नेपाल फर्काएको बैंककस्थित राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइ ७ जना पुरुषहरूलाई आज मिति २०८२ असार ११ गतेका दिन नेपाल फर्काइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘नेपाल सरकारले मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस्, म्यानमार र थाइल्याण्ड लगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणाले दलालहरूको प्रलोभनमा परेर धेरै नेपाली नागरिकहरूले विदेशमा दुःख पाइरहेको बताउँदै आएकी छिन् । डा.राणाले समस्यामा परेका नेपालीहरूलाई राजदूतावास र नेपाली नियोगहरूमार्फत कुटनैतिक पहल गरी उद्धारमा लाग्न निर्देशन दिँदै आएकी छिन् ।

बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया