सूर्य थापाद्वारा कांग्रेस-एमाले गठबन्धन भत्काउने गतिविधि, प्रधानमन्त्री ओली आक्रोशित

काठमाडौं । एमालेका सांसद एवम् केन्द्रीय सदस्य सूर्यबहादुर थापाले नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनलाई भत्काउन गतिविधि गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको सरसल्लाह र परामर्शमा प्रदेश सरकारहरूले निर्णय गर्दै आएका छन् । लुम्बिनी प्रदेशमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् । एमालेकै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले गरेको निर्णयलाई उल्ट्याउन सांसद थापाले हर्कत गरेका छन् ।

सांसद थापाको यो हर्कतले विपक्षमा रहेका माओवादी केन्द्रसहितका दलहरू खुसी भएका छन् । थापाले अस्पतालको अध्यक्षमा देखाएको चासो र रुचिले ओलीको प्रधानमन्त्री पद फुत्किने सम्भावना रहन्छ । यो सामान्य विषय भए पनि विश्वास र सरकारले गरेको निर्णयमा आफ्नै दलको नेताबाट भएको चुनौति गम्भीर छ ।

थापाले अदालतबाट विष्टलाई अध्यक्षमा ल्याउन खाेजेका छन् । विष्ट अध्यक्षमा अदालतबाट आउने सम्भावना भयो भने पनि प्रधानमन्त्री ओलीले विष्टलाई अध्यक्ष पदबाट राजीनामा गर्न लगाएर कांग्रेसको भागमा परेको अध्यक्ष पद फिर्ता गराउने बालुवाटार उच्च स्रोतले जनाएको छ । थापाले यस्तै हर्कत गरे भने प्रधानमन्त्री ओलीको ब्ल्याक लिष्टमा पर्ने सम्भावना बढेर गएको छ ।

रिटले गर्दा थापासँगै एमाले प्यूठानका अध्यक्ष विजयविराट विष्टको राजनीति पनि संकटमा पर्ने सम्भावना बढेको छ । सर्वाेच्चले विष्टलाई अध्यक्षमा नियुक्त गर्न भनेकाे छैन । आदेशमा अध्यक्ष कृष्णप्रसाद बस्याललाई तत्काल काम नगर्नु/नगराउनु मात्रै भनेकाे छ । बस्यालाई हटाएकाे छैन् । दुबै पक्षकाे बहस सुनेपछि मात्रै अन्तिम आदेश आउनेछ ।

अस्पतालको अध्यक्ष पदका लागि ओलीले थापालाई साथ दिने सम्भावना छैन । कांग्रेसका लागि अस्पतालको अध्यक्ष पद ठूलो होइन । विश्वासको कुरा हो । गठबन्धन सरकाले गरेको निर्णय ठूलो कुरा हो ।

सांसद थापाको हर्कत र गतिविधिले एमाले र कांग्रेसबीच अविश्वास पैदा हुने सम्भावना बढेर गएको छ । थापाले देखाएको गैर राजनीतिक चरित्रविरुद्ध कांग्रेस र मुख्यमन्त्री आचार्य निकटका नेताहरूले प्रधानमन्त्री ओलीसम्म कुरा पुर्‍याएका छन् । प्रधानमन्त्री ओलीले सांसद थापाको हर्कतबारे गम्भीर रुपमा आफूले लिएको र उचित कदम उठाउने आवश्वासन दिएको एक नेताले बताए ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासको असार ६ गतेको आदेशले प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त बस्याललाई हटाइसकेकाे छैन । आदेशमा विष्टलाई नियुक्ति गर पनि भनेकाे छन ।

आफूलाई प्रधानमन्त्री ओली निकटको बताउन रुचाउने थापाको यो हर्कतले बालुवाटार निकै रिसाएको उच्च स्रोतले जनाएको छ ।

Published : Tuesday, 2025 June 24, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया